यौन दुर्बलता (Understanding Erectile Dysfunction) सम्बन्धि जानकारी र भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार

यौन दुर्बलता (Understanding Erectile Dysfunction) सम्बन्धि जानकारी र भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार

  • Home
  • -
  • Uncategorized
  • -
  • यौन दुर्बलता (Understanding Erectile Dysfunction) सम्बन्धि जानकारी र भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार
यौन दुर्बलता (Understanding Erectile Dysfunction) सम्बन्धि जानकारी र भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार

यौन दुर्बलता (Erectile Dysfunction – ED) पुरुषहरूको स्वास्थ्यसँग सम्बन्धित सामान्य समस्या हो। वरिष्ठ यूरोलोजिस्ट डा. दीपक रौनियारले यस विषयमा केही महत्वपूर्ण जानकारी दिएका छन्।

यौन दुर्बलता के हो?

यौन दुर्बलता भनेको शारीरिक सम्पर्कको समयमा पुरुषको लिङ्गमा उत्तेजना नआउनु वा शारीरिक सम्पर्कको क्रममा शिथिलता आउनु हो। यसले तनाव उत्पन्न गर्न सक्छ, आत्मविश्वासमा कमी ल्याउन सक्छ, र सम्बन्धमा समस्या उत्पन्न गर्न सक्छ।

यौन दुर्बलताको कारणहरू:

यौन दुर्बलता उत्पन्न हुनुमा विभिन्न कारणहरू हुन सक्छन्, जस्तै:

  • मानसिक तनाव: चिन्ता, डिप्रेशन लगायतका मानसिक स्वास्थ्य समस्याले यौन प्रदर्शनमा असर पार्न सक्छ।
  • मधुमेह: उच्च रक्तचिनीले नसामा र रक्तनलीमा क्षति पुर्याउन सक्छ, जसले ED निम्त्याउन सक्छ।
  • रक्तचाप समस्या: उच्च वा कम रक्तचापले लिङ्गमा रक्तप्रवाहलाई प्रभावित पार्न सक्छ।
  • मुटु सम्बन्धित रोगहरू: मुटु सम्बन्धित समस्याले रक्तप्रवाह कम गराउँछ, जसले ED निम्त्याउन सक्छ।
  • टेस्टेस्टेरोन हर्मोनको कमी: हर्मोनल असन्तुलन, विशेष गरी टेस्टेस्टेरोनको कमी, ED निम्त्याउन सक्छ।
  • रक्तनलीमा बोसो जम्नु: लिङ्गको धमनीमा अवरोध भएमा पर्याप्त रक्तप्रवाह हुन सक्दैन।
  • प्रोस्टेट ग्रंथि संक्रमण तथा नसा कमजोरी: प्रोस्टेट ग्रंथि र नसा सम्बन्धित समस्याले ED निम्त्याउन सक्छ।

सल्लाह सुझाव र उपचार:

यदि तपाईंलाई यौन दुर्बलता सम्बन्धि समस्या छ भने, चिकित्सकको सल्लाह लिन हिच्किचाउनु हुँदैन। समयमै चिकित्सकसँग परामर्श गर्दा यस समस्याको प्रभावकारी उपचार र व्यवस्थापन सम्भव हुन्छ। मानसिक र शारीरिक रुपमा स्वस्थ रहि खानपिनमा ध्यान दिनु र चिकित्सकको सल्लाह अनुसार अगाडि बढ्नाले यस रोगको निदान गर्न सकिन्छ।

डा. दीपक रौनियारसँग परामर्श लिनुहोस् भक्तपुर इन्टरनेशनल अस्पतालमा:

डा. दीपक रौनियार, वरिष्ठ यूरोलोजिस्ट, भक्तपुर इन्टरनेशनल अस्पतालमा प्रोस्टेट र यौन दुर्बलता सम्बन्धि समस्या मा परामर्शको लागि उपलब्ध हुनुहुन्छ।

परामर्श समय:

  • दिनहरू: प्रत्येक आईतवार देखि शुक्रबार
  • समय: बिहान १० बजे देखि १२ बजे सम्म
  • सम्पर्क: ०१६६३७२७१, ०१६६३७१७१

Understanding Erectile Dysfunction and Seeking Help

Erectile Dysfunction (ED) is a common condition that affects men’s health. Dr. Dipak Rauniyar, a senior urologist, has shared valuable insights on this topic.

What is Erectile Dysfunction?

Erectile Dysfunction, also known as ED, is a condition where a man is unable to achieve or maintain an erection sufficient for sexual intercourse. This can lead to stress, affect self-confidence, and contribute to relationship problems.

Causes of Erectile Dysfunction:

Several factors can contribute to the development of ED, including:

  • Mental Stress: Anxiety, depression, and other mental health issues can affect sexual performance.
  • Diabetes: High blood sugar levels can damage nerves and blood vessels, leading to ED.
  • Blood Pressure Issues: High or low blood pressure can impact the flow of blood to the penis.
  • Heart Diseases: Conditions affecting the heart can reduce blood flow and lead to ED.
  • Low Testosterone Levels: Hormonal imbalances, particularly low testosterone, can cause ED.
  • Fatty Deposits in Blood Vessels: Blockages in the penile arteries can prevent adequate blood flow.
  • Prostate Infections and Nerve Weakness: Issues with the prostate gland and nerve functions can contribute to ED.

Seeking Help:

If you are experiencing symptoms of erectile dysfunction, do not hesitate to seek medical advice. Timely consultation with a doctor can lead to effective treatment and management of the condition. Maintaining mental and physical health, paying attention to diet, and following medical advice can help address ED.

Consult Dr. Dipak Rauniyar at Bhaktapur International Hospital:

Dr. Dipak Rauniyar, a senior urologist, is available for consultation on prostate and erectile dysfunction issues at Bhaktapur International Hospital.

Clinic Hours:

  • Days: Every Sunday to Friday
  • Time: 10 AM to 12 PM
  • Contact: 016637271, 016637171

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Bhaktapur International Hospital offers top-quality, affordable healthcare in Nepal. Our free clinic check-ins and complimentary checkups ensure everyone in our community receives essential care.

We’re Available